रञ्जु दर्शनाः “बिलाउन होइन, मिलाउन आएका हौं”
१४ मंसिर, काठमाडौं । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले एकअर्कासँग टुटेर नभइ जुटेर काम गर्नुपर्ने बताएकी छन् । आइतबार रास्वपासँग एकता गरेको विवेकशील साझा पार्टीकी नेतृ दर्शनाले टुटफुटबाट सचेत भएर रास्वपासँग एकता गरिएको बताएकी हुन् ।
