४५ मेगावाटको चुमचेत स्यारखोला जलविद्युत आयोजना बनाउन चिलिमेले पायो लाईसेन्स
चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ४५ मेगावाटको चुमचेत स्यारखोला जलविद्युत आयोजना निर्माणको लागि लाईसेन्स पाएको छ। विद्युत विकास विभागले मङ्सिर ५ गते कम्पनीलाई उत्पादन लाईसेन्स दिएको हो। लाईसेन्सको अवधि ३५ वर्षको रहेको छ । अब आयोजनाको वित्तीय व्यवस्थापन भएपछि आयोजना निर्माणले गति लिने छ।
