SHARE
पर्दाफास · आइबार​ १४ मंिर २०८२ ०१:१३ PM · 1 मिनेट पढाइ

प्रभु बैंकका सीईओ शेरचनसहित तीन उच्च अधिकारी पक्राउ

प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीईओ अशोक शेरचनसहित बैँकका तीन जना उच्च अधिकारी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सीईओ शेरचन, नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र बैँकका कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन् । उनीहरूलाई ठगी, आपराधिक विश्वासघात तथा आर्थिक अपचलनको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।