सरकारलाई रास्वपाको चेतावनी- रवि लामिछाने र परिवर्तनका पक्षधरहरुलाई नजरअन्दाज नगरियोस्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रवि लामिछाने र परिवर्तनका पक्षधरहरुलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन् । आईतवार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । ‘हामीले यो सरकारलाई चुनाव गराउनको लागि आवश्यक टेको लगाइरहेका छौँ ।
