व्यवसायी दिपक भट्टकाे कार्यालयमा छापा हानेकाे भन्ने सूचना गलत हाे : सीआईबी
व्यवसायी दीपक भट्ट र उनकाे समूह बिरूद्व बिचाैलियाहरूकाे आडमा तथ्यहीन समाचारबाट सरकारदेखि पाठकसम्म भ्रम फैलाईरहेकाे एउटा समूहले आइतबार अर्काे प्राेपाेगाण्डा गरेकाे छ। भ्रमका समाचार फैलाईरहकाे साे समूहले आइतबार नियाेजित रूपमा व्यवसायी भट्टकाे ललितपुरस्थित कार्यालयमा केन्द्रीय अनुसन्धान ब्यूराे (सीआईबी) ले छापा हानेकाे गलत तथा कल्पित समाचार सम्प्रेषण गरेकाे हाे ।
