भूकम्पमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, घाइते ४५०
काठमाडौं : बंगलादेशमा शुक्रबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। बीबीसी बंगलाका अनुसार शुक्रबार बिहान स्थानीय समय १०:३० बजेतिर बंगलादेशको राजधानी ढाका र अन्य धेरै क्षेत्रमा गएको भूकम्पमा ४५० जनाभन्दा बढी घाइते भएका छन्। ढाकाबाट करिब ३० किलोमिटर टाढा नरसिंदी जिल्लालाई केन्द्रबिन्दु बनाएर शुक्रबार गएको भूकम्प ५.७ म्याग्निच्युड थियो। भूकम्पका कारण ढाकामा ४ जना, नरसिंदीमा ४ जना र नारायणगन्जमा १ जनाको मृत्यु भएको हो। बंगलादेशको विपद् व्यवस्थापन विभागका निताई चन्द्र दे सरकारले बीबीसी बंगलालाई बताएअनुसार ४५० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
