SHARE
कालिका खबर · शनिबार ६ मंिर २०८२ ०७:०१ AM · 1 मिनेट पढाइ

झापा र मोरङमा मानव–हात्ती द्वन्द्वको जोखिम बढ्यो

झापा, ६ मंसिर । नेपाल भित्रिएका २५ देखि ३० वटा हात्तीको बथान लामो अवधिसम्म झापा र मोरङको जङ्गली क्षेत्रमा बसेपछि मानव–हात्ती द्वन्द्वको जोखिम बढेको छ । वन्यजन्तु संरक्षणमा चासो दिइरहेकाहरूले पहिल्यैदेखि यी दुई जिल्लाको जङ्गलमा घटीमा ३० वटा रैथाने हात्ती रहेको बताउँदै आएका छन् । अब फेरि हात्ती थपिएपछि मानवसँग द्वन्द्व बढ्ने त्रास उत्पन्न भएको हो । गत साता मोरङको सुन्दरहरैचा क्षेत्रको जङ्गलबाट पूर्वतर्फ लागेका २५ देखि ३० वटा हात्तीको लस्कर पूर्वी गौडा बाहुनडाँगी हुँदै भारततिर लाग्ने सम्भावना देखिएको थियो ।