SHARE
पर्दाफास · सोमबार ५ साउन २०८२ ०३:१८ PM · 1 मिनेट पढाइ

साफ महिला यू–२० च्याम्पियनसिप : नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि

बंगलादेशले साफ महिला यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । तीन खेलको प्रतिबन्ध पूरा गरी फर्किएकी सागोरिका एक्लैले चार गोल गरेपछि बंगलादेशले उपाधि रक्ष गरेको हो । सोमबार ढाकास्थित बसुन्धरा किङ्स एरेनामा सम्पन्न लिगको अन्तिम खेलमा बंगलादेशले नेपाललाई ४–० ले पराजित गर्यो । ६ खेलमा लगातार जित निकाल्दै उसले १८ अंक बटुल्यो।