एनपीएल सिजन २ का लागि विराटनगर किंग्स र सुबिसुबीच साझेदारी, सुबिसु हुनेछ ‘इन्टरनेट एक्सपिरियन्स पार्टनर’
२ मंसिर २०८२, काठमाडौं । आसन्न नेपाल प्रिमियर लिग NPL सिजनका लागि विराटनगर किंग्सले सुबिसुलाई आफ्नो इन्टरनेट एक्सपिरियन्स पार्टनरको रूपमा स्वागत गरेको छ। नेपालको एक भरपर्दो इन्टरनेट तथा डिजिटल सेवा प्रदायक कम्पनी सुबिसुले टोलीलाई विश्वसनीय कनेक्टिभिटी र प्रविधिक सहयोग प्रदान गर्दै साथ दिनेछ।
