भ्रष्टाचार देशका लागि दुर्भाग्य, युवाहरूको आन्दोलने नयाँ ऊर्जा दियो: प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशमा भ्रष्टाचार विरकाल रूपमा फैलिएको बताएका छन् । वाईसीएल नेपालले शनिवार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचार देशको लागि दुर्भाग्य भएको बताएका हुन् । भ्रष्टाचारविरुद्ध सरकारमा हुँदा र नहुँदा पनि आफूहरूले आवाज उठाउँदै आएको भएपनि अपेक्षित रूपमा सरकारले सुन्न नसकेको बताए ।
