काँग्रेसको निष्कर्ष: वर्तमान राजनीतिको उचित निकास नै निर्वाचन
काठमाडौँ । नेपाली काँग्रेसले अन्तरिम सरकारले फागुन २१ गते घोषणा गरेको निर्वाचनमा भाग लिने निर्णय गरेको छ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले निर्वाचनमा भाग लिने निर्णय गरेको पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । जेन–जी आन्दोलनपछि विकसित राजनीतिको उचित निकास निर्वाचन नै भएको उनले बताए ।
