SHARE
मकालु खबर · शनिबार ६ मंिर २०८२ १२:३६ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलन अमेरिकाद्वारा सञ्चालित हो: मोहनविक्रम सिंह

काठमाडौँ । अग्रज नेता मोहनविक्रम सिंहले जेन–जी आन्दोलन अमेरिकाद्वारा सञ्चालित रहेको बताएका छन् । शनिवार काठमाडौँमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकार जेन–जी आन्दोलनको परिणाम भएपनि आन्दोलन अमेरिकाबाट सञ्चालित रहेको बताए । अमेरिकासँग सम्बन्धित व्यक्तिहरू नै सरकार बनाउने खेलमा सक्रिय रहेको उनको भनाइ छ ।