नवयुवाका लागि एनपिएल प्रभावकारी मञ्चः कोच गौचन
काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा सहभागी टोली लुम्बिनी लायन्सका कन्सल्टेन्ट कोच शक्ति गौचनले एनपिएल नवयुवाका लागि प्रतिभा उजागर राउने प्रभावकारी मञ्चका रूपमा रहेको बताएका छन् । कर्णाली याक्ससँग पराजित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै गौचनले एनपिएल युवा खेलाडीहरूका लागि प्रतिभा देखाउने र क्रिकेटका बारेमा सिक्ने महत्वपूर्ण माध्यम बनेको बताए ।
