SHARE
मकालु खबर · शनिबार ६ मंिर २०८२ ०१:२७ PM · 1 मिनेट पढाइ

राष्ट्रिय जनमोर्चाद्वारा जेनजी आन्दोलनका कारणबारे १२ बुँदे अवधारणापत्र सार्वजनिक

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले जेनजी आन्दोलन हुनुका पछाडिका कारणबारे १२ बुँदे अवधारणापत्र सार्वजनिक गरेको छ । आज यहाँ सार्वजनिक अवधारणापत्रमा देशको राजनीति र आन्दोलनलाई समेत सही दिशा निर्देशन गर्नुपर्ने जिम्मेवारी आएको उल्लेख छ । ‘हामीले उपर्युक्त परिस्थितिमा सही दिशा निर्देशन गरेर देशलाई अगाडि बढाउनुपर्छ, अन्यथा देश अप्ठेरोमा पर्न सक्छ’, अवधारणापत्रमा भनिएको छ ।