SHARE
पर्दाफास · शनिबार ६ मंिर २०८२ ०२:०९ AM · 1 मिनेट पढाइ

एनपीएल : आज दुई खेल हुँदै

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुने भएका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्नेछन्। लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रनेछ। लुम्बिनी दोस्रो जितको खोजीमा छ। उसले पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो।