ऋणपत्र निष्काशनको अनुमति माग गर्दै आईसिएफसि फाइनान्सले दियो आवेदन
आईसिएफसि फाइनान्सले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले कार्तिक २५ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले प्रति ऋणपत्र १००० रुपैयाँको दरले ५० करोड बराबरको ५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।
