SHARE
पर्दाफास · बिहीबार ४ मंिर २०८२ १२:२३ PM · 1 मिनेट पढाइ

सिमराको घटनाबारे नागरिक समूहले भन्यो- निर्वाचन खतरामा पर्नसक्छ

बाराको सिमरामामा मंसिर ३ गते उत्पन्न तनावपूर्ण घटनाप्रति नागरिक समूहले गम्भीर ध्यानाकर्षण गराउँदै आगामी फागुन २१ गते निर्धारित निर्वाचनमा प्रतिकूल असर पर्नसक्ने चेतावनी दिएको छ। नागरिक समूहका अध्यक्ष बिष्णुहरि दाहालले जारी गरेको विज्ञप्तिमा राजनीतिक स्थायित्व र निर्वाचनको तयारीको संवेदनशील चरणमै अराजक गतिविधि देखिनु लोकतान्त्रिक प्रक्रियामै आघात पुगेको उल्लेख छ।