SHARE
पर्दाफास · बिहीबार ४ मंिर २०८२ ०१:४७ PM · 1 मिनेट पढाइ

३३ पुग्यो आगामी निर्वाचनमा भाग लिने दलको सङ्ख्या

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि दर्ता हुने दलको सङ्ख्या ३३ पुगेको छ । निर्वाचन आयोगका अनुसार बुधबारसम्म २५ वटा दल दर्ता भएकोमा आज बिहीबार थप ८ दल दर्ता भएका हुन् ।