दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन आदेश गरेको छ । न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले उक्त आदेश जारी गरेको हो । प्रसाईंको रिहाइको माग गर्दै उनका छोरा निराजन प्रसाईंले मंसिर ३ गते बन्दीप्रत्यक्षीकरणको दर्ता गरेका थिए । अदालतले उनलाई बन्दीसहित उपस्थित गराउन आदेश दिएको छ ।
