SHARE
पर्दाफास · बिहीबार ४ मंिर २०८२ ०२:०६ PM · 1 मिनेट पढाइ

म्यानमारबाट भागेर थाइल्याण्ड पुगेका ३७ नेपालीको उद्धार

आकर्षक रोजगारीको प्रलोभनमा परेर म्यानमारमा सञ्चालित अवैध अनलाइन स्क्यामिङ केन्द्रमा फसाइएका ३७ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काइएको छ। नेपाली राजदूतावास, बैंककले थाइल्याण्डका सम्बन्धित निकायहरूसँगको समन्वयमा उनीहरूलाई सुरक्षित रूपमा स्वदेश ल्याइएको जानकारी दिएको छ।