चीनले ताइवानमाथि आक्रमण गरेमा जापानले सैन्य प्रतिक्रिया जनाउला ? विभाजित छन् जापानीहरू
एजेन्सी । चीनले ताइवानमाथि सैन्य आक्रमण गरेमा जापानले आत्मरक्षाका लागि सैन्य कारवाही गर्ने कि नगर्ने भन्ने विषयमा जापानीहरूको मत विभाजन रहेको क्योदो समाचार संस्थाले गरेको सर्वेक्षणले देखाएको छ । उक्त सर्वेक्षणमा ४८.८ प्रतिशतले सैन्य कारवाहीको पक्षमा मत दिएका छन् भने ४४.२ प्रतिशत विपक्षमा उभिएका छन् ।
