शिवम सिमेन्टको पहिलो त्रैमासमा व्यापार ९% बढ्यो, नाफा १६ गुणाले वृद्धि
काठमाडौँ । शिवम सिमेन्टले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासमा डेढ अर्ब रुपैयाँको व्यापार गरेको छ। कम्पनीले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, तीन महिनामा व्यापार ९.०३ प्रतिशत वृद्धि भई १ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ पुगेको हो। गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४० करोड ६३ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो। व्यापारमा वृद्धि भएपछि कम्पनीको नाफामा उल्लेखनीय उछाल आएको छ।
