सोनापुर मिनिरल्सको व्यापार र नाफामा उल्लेख्य सुधार, पहिलो त्रैमासमा ४ करोड ३६ लाख रुपैयाँ नाफा
काठमाडौँ । सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय प्रदर्शनमा उल्लेख्य सुधार देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा कम्पनी ८ करोड ५५ लाख रुपैयाँ नोक्सानीमा थियो, तर चालु वर्षको सोही अवधिमा ४ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीको बिक्री आम्दानी (व्यापार) पनि उल्लेखनीय वृद्धि भएको छ। चालु त्रैमासमा व्यापार ९५.३० प्रतिशत बढेर ६६ करोड ९९ लाख २१ हजार रुपैयाँ पुगेको छ, जबकि गत वर्षको सोही अवधिमा मात्र ३४ करोड ३० लाख रुपैयाँको व्यापार भएको थियो।
