SHARE
कालिका खबर · मङगलबार २५ कात्िक २०८२ १०:४२ AM · 1 मिनेट पढाइ

इस्लामावाद अदालतबाहिर भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

पाकिस्तान । मंगलबार दिउँसो १२ः३० बजे इस्लामाबाद जिल्ला अदालत बाहिर एउटा ठूलो विस्फोट भयो । यो विष्फोटमा अहिलेसम्म मर्नेको सङ्ख्या १२ जना पुगेको छ । अरु २७ जना घाइते भएको खबर आएको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजाआसिफले घटनालाई देशको लागि गम्भीर चुनौती भनेका छन् । ‘हामी युद्धको अवस्थामा छौँ । यो आक्रमण अफगानिस्तानसँग जोडिएको आतंकवादको सन्देश हो, जसलाई पाकिस्तान रोक्न पूर्ण रूपमा सक्षम छ,’ उनले भने । यो केवल सीमा वा बलुचिस्तानको कुरा मात्र नभएर सम्पूर्ण पाकिस्तानको लागि खतरा भएकोमा उनले जोड दिएका थिए ।