डोंगफेङ नामीको इटहरी शोरूममा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु
२५ कात्तिक २०८२, काठमाडौं । डोंगफेङ नामीको अधिकृत आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स प्रा. लि. ले श्रीजना मोटर्ससँग सहकार्य गर्दै इटहरीमा आफ्नो नयाँ अत्याधुनिक शोरूमको उद्घाटन गरेको छ। यो कदम नेपालभर आफ्नो सञ्जाल विस्तार गर्ने कम्पनीको प्रतिबद्धतामा एक महत्वपूर्ण उपलब्धि हो। साथै यसले ग्राहकहरूको आवश्यकता पूरा गर्ने उद्देश्यलाई पनि बलियो बनाएको छ।
