आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न
२५ कात्तिक २०८२, काठमाडौं । आइएमई लिमिटेडले २०८२ कात्तिक २५ गते मंगलबार, काठमाण्डौंमा २५ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न साधारण सभामा अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भयो । सभाले सो वार्षिक प्रतिवेदन सर्वसम्मत रूपले पारित गरेको छ ।
