नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुको १५औँ वार्षिकोत्सव: नयाँ लक्ष्यसहित विशेष अफर सार्वजनिक
२५ कात्तिक २०८२, काठमाडौं । सन् २०१० नोभेम्बर ११ मा स्थापना भएको नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १५औँ वार्षिकोत्सव मनाएको छ । सुरुआतमा सानो स्टार्टअपका रूपमा सुरु भएको फुडमाण्डुले आज १५ वर्षको यात्रामा उल्लेखनीय सफलता हासिल गरेको छ ।
