गरिमा विकास बैंकको १९औँ वार्षिकोत्सव: ‘गरिमा रोड रेस २०८२’ (दोस्रो संस्करण) मा भेट्रान विधा थप, रु. ५० हजारसम्म नगद पुरस्कार
२५ कात्तिक २०८२, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १९औं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ मिति २०८२ मंसिर ६ गते, शनिबारका दिन गरिमा रोड रेसको दोस्रो संस्करण गरिमा रोड रेस, २०८२ आयोजना गर्न लागेको छ ।
