सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार आचार्य नियुक्त
काठमाडौँ । पवन कुमार आचार्य सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । हिजो बसेको सानिमा बैंकको सञ्चालक समितिको बैठकको निर्णयअनुसार माघ १२ गतेदेखि लागू हुने गरी आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
