श्रीनगर एग्रीटेकको शेयर डिम्याट गराउन सम्झौता
श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता भएको छ। कार्तिक २५ गते सिडिएससी, निष्काशनकर्ता कम्पनी तथा शेयर रजिष्ट्रार नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडबीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता भएको हो। अब यी शेयर डिम्याट भए पछि सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा आउने छ । त्यसपछि यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ।
