मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, मधेस आन्दोलनका शहीदलाई मधेस रत्नले सम्मानित गर्ने निर्णय
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेका छन् । मंगलवार कार्यालयमा कार्यभार सम्हाल्दै उनले मधेस आन्दोलनका शहीदलाई मधेस रत्नले सम्मानित गर्ने निर्णय गरेका हुन् । मुलुकमा सङ्घीयता ल्याउन मधेसका शहीदहरूको अतुलनीय योगदान रहेको मुख्यमन्त्री यादवले बताए । शहीदहरुलाई आर्थिक सहयोग दिएपनि सम्मान नदिइएको उनको आरोप छ ।
