SHARE
पर्दाफास · मङगलबार २५ कात्िक २०८२ ०१:४४ PM · 1 मिनेट पढाइ

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको टिप्पणी- वर्तमान संविधानलाई राम्रो भन्न सकिँदैन

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको संविधानलाई राम्रो भन्न नसकिने बताएका छन् । नेपाल कानुन समाजले मंगलवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेका हुन् । संविधान राम्रो भएको भए जनतामा सन्तुष्टिको मात्रा बढ्ने उनको निष्कर्ष थियो । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संविधानले राम्रो नतिजा नदिएकै कारण जेन–जी पुस्ताले आन्दोलन गर्नुपरेको जिकिर समेत गरे ।