पार्टीभित्र एक-अर्कामाथि लाञ्छना लगाउने प्रवृत्ति आत्मघाति : प्रकाशशरण महत
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सामाजिक सञ्जालमार्फत एक–अर्कामाथि लाञ्छना लगाउने तथा आफ्नै सहकर्मीलाई होच्याउने प्रवृत्ति देखिनु आत्मघाती भएको टिप्पणी गरेका छन् । मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
