SHARE
पर्दाफास · मङगलबार २५ कात्िक २०८२ ०२:१८ PM · 1 मिनेट पढाइ

एक सय २० दिनभित्र शहीद स्मारक ‘ए’ डिभिजन लिग गर्न तयार छौँ : एन्फा

नेपाली फुटबलको शीर्ष डिभिजन शहीद स्मारक ‘ए’ डिभिजन लिग एक सय २० दिनभित्र आयोजना गर्न सरोकारवाला तयार भएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा अखिल नेपाल फुटबल संघ (एन्फा), शीर्ष डिभिजनका १४ मध्ये पाँच वटा क्लब र फुटबल खेलाडीबीच भएको छलफलबाट अबको एक सय २० दिनभित्र ‘ए’ डिभिजन लिग गर्ने सहमति भएको हो ।