सिद्धार्थ बैंकका ग्राहकहरुलाई माउन्ट अफ एक्सेलमा ४० प्रतिशतसम्मको छुट
सिद्धार्थ बैंक र माउन्ट अफ एक्सेल प्रा.लि.बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार गोकर्णेश्वर, काठमाडौं स्थित माउन्ट अफ एक्सेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा ४० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
