SHARE
कालिका खबर · शनिबार २२ कात्िक २०८२ ०५:३३ AM · 1 मिनेट पढाइ

जसले नेपाली नागरिकता त्याग्यो, उसैले देश बनाउने रे : हर्क साम्पाङ

काठमाडौं : धराम उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सामाजिक सञ्जालमा तीखो आलोचनाका लागि चर्चित छन् । हालै उनले थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तीखो कटाक्ष गरेका छन् । हर्क लेख्छन्, ‘नौ नौ वटा मुद्दा लागेर थुनामा बसेकाले, जसले विदेशी सेवा सुविधाका लागि नेपाली नागरिकता त्याग्यो उसैले देश बनाउने र बचाउने रे भन्दा पत्याउनु हुन्छ ?’ रवि लामिछाने जेनजी आन्दोलनमा जेलबाट बाहिर निस्किएको विषयमा उनीसँग हालै आन्दोलन छानबिन समितिले बयान लिएको थियो । सो कुरालाई समेत हर्कले कटाक्ष गर्न भ्याएका छन् ।