SHARE
कालिका खबर · शनिबार २२ कात्िक २०८२ १२:०६ PM · 1 मिनेट पढाइ

युवा संघको पदाधिकारी बैठक : सुदन गुरुङको नागरिकता छानबिनदेखि तीन महत्वपूर्ण निर्णय

काठमाडौं । नेकपा (एमाले)को राष्ट्रिय युवा संघ नेपालको पदाधिकारी बैठक शनिबार काठमाडौंमा सम्पन्न भएको छ । संगठनका अध्यक्ष क्षितिज थेबेको अध्यक्षतामा बसेको बैठकमा पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकालको प्रमुख आतिथ्यता रहेको थियो । पार्टी केन्द्रीय सदस्य तथा संगठनका इन्चार्ज राजिव पहारीको विशेष आतिथ्यतामा भएको बैठकले संगठन सुदृढीकरण, आगामी अभियान र राजनीतिक परिस्थितिबारे समीक्षा गर्दै तीनवटा महत्वपूर्ण निर्णय गरेको युवा संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए ।