SHARE
पर्दाफास · शनिबार २२ कात्िक २०८२ ११:३४ AM · 1 मिनेट पढाइ

फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गर्ने

गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गर्ने भएको छ । शनिवार काठमाडौँमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत् आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले यसमा नागरिक स्तरको तहबाट पनि सहयोग आवश्यक रहेको बताए । सुशासन दिन सकेन भने द्वन्द्व दोहोरिन सक्ने बताए ।