पनौतीको सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइको काम सुरु, ६ महिनामा सबै छाप्ने लक्ष्य
आजबाट पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्यको शुभारम्भ भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले लाइसेन्स) छपाइ कार्यको शुभारम्भ गरेका हुन् । मन्त्री खरेलका अनुसार हाल यातायात व्यवस्था विभागबाट प्राप्त डाटा अनुसार दैनिक करिब ५ सय वटा लाइसेन्स छापिनेछ ।
