SHARE
पर्दाफास · शुक्रबार​ २१ कात्िक २०८२ ०३:२९ PM · 1 मिनेट पढाइ

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता एवं कार्यकर्ता पंक्तिलाई जसपा नेपालमा फर्किन आह्वान गरेका छन्। विभिन्न कारण र कालखण्डमा पार्टी छाडेका नेता कार्यकर्तालाई संकोच अप्ठ्यारो नमानी आफ्नो पुरानै घरमा फर्किन आह्वान गर्दै उनीहरुको स्वागतको लागि जसपा नेपालको ढोका खुला रहेको अध्यक्ष यादवले अपील गरेका हुन्।