पत्रकार गिरीको कथासङ्ग्रह ‘भग्न प्रेमशाला’ सार्वजनिक
पत्रकार खगेन्द्र गिरीको पहिलो कथासङ्ग्रह ‘भग्न प्रेमशाला’ शुक्रबार राजधानीमा विमोचन भएको छ ।प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा लेखकहरू नयनराज पाण्डे, बसन्त बस्नेत र सगुना शाहले पुस्तक विमोचन गरे । लेखक पाण्डेले यो सङ्ग्रहले आफूलाई आशावादी बनाएको बताउँदै पछिल्लो समय आएका उल्लेखनीय कथामध्ये यो पनि एउटा भएको चर्चा गरे ।
