SHARE
पर्दाफास · बिहीबार २० कात्िक २०८२ ०३:०५ PM · 1 मिनेट पढाइ

कांग्रेस नेताहरू भन्छन्- नियमित महाधिवेशनले मात्र जेनजी पुस्ताको भावना समेट्छ

नेपाली कांग्रेसभित्र महाधिवेशनको मुद्दा पेचिलो बन्दै गएको छ। विशेष र नियमिति महाधिवेशन पक्षधर छुट्टाछुट्टै भेलामा केन्द्रीत छन्। सरकारले फागुन २१ गते निर्वाचनको लागि मिति तय गरेपछि विशेष कि नियमित महाधिवेशन गर्ने भन्ने विषयम अन्योलमा छ। विहीबार काठमाडौंको वत्तिसपुतलीमा भेला भएका कांग्रेस नेताहरुले नियमित महाधिवेशनमा जानुपर्नेमा जोड दिएका छन्।