प्रोटोन इमासले नारायणघाट शोरूमको शुभारम्भसँगै विस्तारको गति अगाडि बढायो
देशव्यापी विस्तार यात्रालाई निरन्तरता दिँदै, जगदम्बा मोटर्स प्रालि अन्तर्गतको नेपालकै प्रिमियम इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन ईमासले आज नारायणघाट, चितवनमा आफ्नो नयाँ एस शोरूम सेल्स, सर्भिस र स्पेयर पार्ट्स औपचारिक रूपमा उद्घाटन गरेको छ। यो शुभारम्भले नेपालभर स्वच्छ र आधुनिक यातायात समाधान विस्तार गर्ने ब्रान्डको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
