SHARE
मकालु खबर · सोमबार १७ कात्िक २०८२ ०३:०५ PM · 1 मिनेट पढाइ

चार उद्योगले तिरे विद्युत् महसुल बक्यौताको पहिलो किस्ता, काटिएको विद्युत् लाइन जोडियो

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिरेका छन् । भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता तिरेका हुन् ।