नेप्सेमा माबिलुङ्ग इनर्जीको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?
नेपाल स्टक एक्सच्नेज नेप्सेमा माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर सूचीकृत भएको छ । आज सोमबार कम्पनीको ३८ लाख ५८ हजार २ सय ४० कित्ता शेयर सूचीकृत भएको हो। शेयर सूचीकृत भएसंगै मंगलबारबाट कम्पनीको शेयर कारोबार हुने छ। मंगलबारको स्पेसन प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ।
