SHARE
बिजनेस पाना · सोमबार १७ कात्िक २०८२ ११:२९ AM · 1 मिनेट पढाइ

राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष ढकालले लिए सपथ

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष निर्मल ढकालले पद तथा गोपनियताको सपथ लिएका छन्। आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले ढकाललाई सपथ दिलाएका हुन्। नेपाल सरकारको २०८२ साल कात्तिक १४ गतेको निर्णय अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपमहानिर्देशक रहेका ढकाललाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्ष तोकिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना