डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद : २३ उद्योगले वाणिज्य महासंघको प्रस्ताव अस्वीकार गर्ने
डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्ति रोकिएका २३ उद्योगले नेपाल उद्योग वाणिज्य महासंघको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेका छन्। विद्युत प्राधिकरणले लाइन काटेका उद्योगीहरुले आज साँझ छलफल गर्दै महासंघले गरेको प्रस्ताव कुनै हालतमा स्वीकार नगर्ने निर्णय गरेका हुन् ।
