एकता राष्ट्रिय सम्मेलनमा सबै कमिटीलाई सहभागी हुन नेकपा एसको परिपत्र
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी मातहतका सबै कमिटीलाई यही कात्तिक १९ गते भृकुटीमण्डपमा हुने एकता राष्ट्रिय सम्मेलनमा सहभागी हुन परिपत्र गरेको छ । सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीलगायत आठ वटा वामपन्थी दलहरूबीच एकता घोषणा गरिनेछ ।
