यस वर्ष शिर्ष डिभिजन लिग नहुने, पुष ९ देखि राष्ट्रिय लिग
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी पुष ९ गतेदेखि पुरुष राष्ट्रिय लिग काठमाडौंमा आयोजना गर्ने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार एन्फा र क्लव बीच सम्पन्न बैठकले आगामी पुष ९ गते राष्ट्रिय लिग गर्ने सहमति भएको हो ।
