FNCCI अध्यक्ष ढकालद्वारा अमेरिकी नेपाली व्यवसायीलाई नेपालमा लगानीका लागि आह्वान
९ कात्तिक २०८२, काठमाडौं । अमेरिकाको टेक्सासमा सम्पन्न ‘बिजनेस एण्ड इन्भेष्टमेन्ट कन्क्लेभ २०२५’ मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक सम्भावना र लगानीका अवसरबारे प्रष्ट पार्दै अमेरिकामा रहेका नेपाली व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् ।
